Wednesday, April 22, 2020

मातातिर्थ औशीँ अर्थात आमाको मुख हेर्ने दिन

आमा ,

आज दुनियाँले फेसबुकका भित्तामा आमालाई देखाएर मुख हेरिरहेका छन तर मैले हजुरलाई त्यहाँ देखाउन सकिन आमा,, म बिहानै २ रुप्पेको फोन गरेर फेसबुकका भित्ता हजुरको फोटोले रङ्गाएर ह्याप्पि मदर्स डे भन्न मेरो मनले मानेन आमा किनकी मैले त्यहाँ राखेर देख्नुपर्ने मान्छेले नै नदेखेपछि दुनियालाई मेरि आमा भन्दै चिनाउन उचित लागेन आमा । यस्तो दिन संगै हुनपाए अलिक फरक आनन्द हुन्थ्यो होला, बिहानै उठेर ख्याल ठट्टा गर्दै जिस्काउदैँ मुख हेर्न हुन्थ्यो,, हजुरको प्रत्यक्ष पाउमा परेर आशिर्वाद पाउथेँ तर संगै हुन सकिन अलिक मनमा खिन्नता त लाईरहेको छ नै । आमाको लागी दिन त मेरा सधैँ उस्तै नै हुन परिस्थिति जस्तो सुकै हुँदा पनि तर आजको दिन अलिक बिशेष दिन भएको हुनाले यि २ शब्द लेख्न खोजेको मात्र हुं । मन्दिर पनि होइन ,भगवान पनि होइन आमा भन्दा पनि ठुलो भगवान मेरो छैन ……… सधैँ सत्मार्ग देखाउने हजुरको त्यो आदर्श अनि संघर्षलाई न्याय गर्न सकुँ,भुलेर दु:ख, कष्ट सारा हजुरको त्यो न्यानो काखमा लुटपुटाउन पाउँ। हजुरले म माथी देखेका सपना र गरेका भरोसा पुर्ण गर्न सकुँ । हरपल, हरक्षण, हरप्रहर मन, मस्तिष्क र हृदयमा सजाइराख्न पाउँ । हजुरको तन, मन सधैँ पुर्णिमाको जुन जस्तै चम्किलो र उज्यालो भइरहोस । सन्तानबाट कहिले पनि दु:ख र पिडा भन्ने भोग्नु त के सुन्नु पनि नपरोस, हजुरको माया , ममता र आशिर्वाद मेरो जीवनमा सधैँ छाइरहोस, हरेक जन्ममा म हजुरकै सुपुत्र भएर जन्म लिन पाउँ । मुख हेर्ने दिन(मातातिर्थ औंशी) को शुभकामना आमा ।

Thursday, April 9, 2020

जन्म दिनको शुभकामना मेरि आमा


खोइ कहा बाट सुरु गर्दा सम्मान मिल्छ होला र आमा शब्दलाई,,नौ/नौ महिना कोखमा राखेर धर्तिमा कदम टेकाउने ति मेरि आमा,, नौ महिना पेटमा बोकेर घाँस-दाउरा,मेला पात, डिँगा-बाच्छा, भात-भान्सा सबैतिर भ्याउँदै मलाई जन्म दिएकि ति आमा,, मलाई जन्म दिँदाको पिडामा धरधर आँसुका धारा खसाल्दै मेरो च्याँच्याँको रुहाईमा आँसु पुछ्दै असह्य पिडालाई पनि हर्षमा बदल्ने शक्ती भएकी ति मेरि आमा,, आफ्नो भोक-प्यासलाई बेवास्ता गरि मेरै भोक-तिर्खा मेटि खुशी बनाउन दिनरात परिश्रम गर्दै हुर्काएकी ति मेरि आमा,, छोरोलाई ठुलो मान्छे बनाउने सपना बुनि साहुमहाजनकोमा मेलापात गर्दै पढाएकि ति मेरि आमा,,मेरो खुशीमा आफ्ना सबै खुशी र सपना हरुदेख्न सक्ने,मेरो दुःख, पिडा लाई देख्न नसक्ने,घुंक्क घुंक्क म रुँदा काखै राखी मसार्दै फकाउने ति मेरि आमा,,कहि कतै बाहिर जाँदा बाबु कहाँ पुग्यौ, खाजा खायौ,टाइममै खाना खएर सुत है भन्दै तारन्तार फोन गरिरहने ति मेरि आमा,, छोरोले एक/दुइ दिन फोन नगर्दा केहि भएछ कि भनेर रुँदै फोन गर्ने ति आमा,,घर-गाउँ ओल्तिर-पल्तिर कसैले आफ्ना मेरो बारेमा केहि नराम्रो कुरा गर्दा भोको पेटमै आसुँका धारा बगाउदै रात बिताउने ति मेरि आमा,,छोरोलाई यो मन पर्छ, त्यो मन पर्छ भनेर अनेक थरी खोजी खोजी बनाएर खुवाउने ति मेरि आमा,,साँच्चै भन्दा साक्षात भगवानको अर्को रुप, माया र ममताकी खानी मेरि आमा हजुरको जन्मदिन आज,,
रोग -ब्याधीले नसताओस, जीवनको अवका गोरेटोहरुमा कहिँकतै अप्ठ्यारा र असहज परिस्थिति नआओस, हजुरको माया,ममता, साथ र काख सदा-सर्बदा पाइराखुँ, दुनियाका लागी उदाहरणीय आमाको रुपमा यसैगरी नाम लिइराख्न पाइराखियोस, जन्म दिनको हार्दिक मंगलमय शुभकामना आमा ।।


मातातिर्थ औशीँ अर्थात आमाको मुख हेर्ने दिन

आमा , आज दुनियाँले फेसबुकका भित्तामा आमालाई देखाएर मुख हेरिरहेका छन तर मैले हजुरलाई त्यहाँ देखाउन सकिन आमा,, म बिहानै २ रुप्पेको फोन ग...