आज दुनियाँले फेसबुकका भित्तामा आमालाई देखाएर मुख हेरिरहेका छन तर मैले हजुरलाई त्यहाँ देखाउन सकिन आमा,, म बिहानै २ रुप्पेको फोन गरेर फेसबुकका भित्ता हजुरको फोटोले रङ्गाएर ह्याप्पि मदर्स डे भन्न मेरो मनले मानेन आमा किनकी मैले त्यहाँ राखेर देख्नुपर्ने मान्छेले नै नदेखेपछि दुनियालाई मेरि आमा भन्दै चिनाउन उचित लागेन आमा । यस्तो दिन संगै हुनपाए अलिक फरक आनन्द हुन्थ्यो होला, बिहानै उठेर ख्याल ठट्टा गर्दै जिस्काउदैँ मुख हेर्न हुन्थ्यो,, हजुरको प्रत्यक्ष पाउमा परेर आशिर्वाद पाउथेँ तर संगै हुन सकिन अलिक मनमा खिन्नता त लाईरहेको छ नै । आमाको लागी दिन त मेरा सधैँ उस्तै नै हुन परिस्थिति जस्तो सुकै हुँदा पनि तर आजको दिन अलिक बिशेष दिन भएको हुनाले यि २ शब्द लेख्न खोजेको मात्र हुं ।
मन्दिर पनि होइन ,भगवान पनि होइन आमा भन्दा पनि ठुलो भगवान मेरो छैन ………
सधैँ सत्मार्ग देखाउने हजुरको त्यो आदर्श अनि संघर्षलाई न्याय गर्न सकुँ,भुलेर दु:ख, कष्ट सारा हजुरको त्यो न्यानो काखमा लुटपुटाउन पाउँ। हजुरले म माथी देखेका सपना र गरेका भरोसा पुर्ण गर्न सकुँ । हरपल, हरक्षण, हरप्रहर मन, मस्तिष्क र हृदयमा सजाइराख्न पाउँ ।
हजुरको तन, मन सधैँ पुर्णिमाको जुन जस्तै चम्किलो र उज्यालो भइरहोस । सन्तानबाट कहिले पनि दु:ख र पिडा भन्ने भोग्नु त के सुन्नु पनि नपरोस, हजुरको माया , ममता र आशिर्वाद मेरो जीवनमा सधैँ छाइरहोस, हरेक जन्ममा म हजुरकै सुपुत्र भएर जन्म लिन पाउँ । मुख हेर्ने दिन(मातातिर्थ औंशी) को शुभकामना आमा ।
No comments:
Post a Comment